
१ जेठ, धादिङ –
गायक रमेश पाठक र गायिका मञ्जु लावती थापाको स्वरमा रहेको लोक दोहोरी गीत “हत्ते हालिन्छ” को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा वेग रानाले शब्द तथा संगीत भरेका छन् । भिडियोमा चर्चित तथा सफल मोडल लोमश शर्मा र पूजा पाठकको मुख्य अभिनय रहेको छ ।
गीतको भिडियोलाई क्यामेरामेन दिपेन्द्र भट्टले छायांकन गरेका छन भने भिडियोलाई छायांकार दीपेन्द्रले नै सम्पादन गरेका हुन । गीतको गायक समेत रहेका गायक रमेश पाठकको निर्देशनमा तयार भएको यस गीतलाई जेनियस म्युजिक प्रालिले बजार व्यवस्थापन गरेका छन् ।
२०७५ जेठ १ गते प्रकाशित