Sat. Jul 5th, 2025

ज्वालामुखी गाउँपालिकामा जन्मिनासाथ जन्मदर्ता हुने


१ जेठ, धादिङ –

ज्वालामुखी गाउँपालिका अन्र्तगतका स्वास्थ्य संस्थाहरुमा बच्चा जन्मिने वित्तिकै स्वास्थ्य सस्थाबाटै जन्मदर्ता हुने ब्यवस्था गरिएको छ ।

ज्वालामुखी गाउँपालिका भित्र रहेको मैदी स्वास्थ्य चौकी, खरी स्वास्थ्य चौकी, ढोला स्वास्थ्य चौकी, र सालवास स्वास्थ्य चौकीका प्रमुखहरु तथा सुरक्षित प्रसुती सेवा प्रदायक स्वास्थ्यकर्मीहरुको लागि दुई दिने अनलाईन जन्म प्रतिवेदन व्यवस्थापन प्रणाली सम्वन्धी तालिम दिइए पश्चात मंगलबारबाटै उक्त प्रविधिको सुरुवात गरिएको ज्वालामुखी गाउँपालिकाले जानकारी दिएको छ । सालवास स्वास्थ्य चौकीबाट भने २०७४ साल साउनबाटै अनलाइन जन्म प्रतिवेदन प्रणाली सुरु भैसकेको छ ।

४ वटै स्वास्थ्य चौकीका प्रमुखहरु र गाउँपालिकाको स्वास्थ्य संयोजक तथा सदस्यको दिइएको उक्त तालिममा प्रयोगात्मक अभ्यास सहित नमुना जन्म दर्ताको कार्य गरिएको थियो । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बद्रिनाथ लम्साल, सुचना तथा प्रविधि अधिकृत केदार ईटनी, नायव सुव्वा बावुराम दुवाडी र सुचना अधिकारी धन बहादुर मास्कीले विषयवस्तुको वारेमा सहजीकरण गर्नु भएको थियो । गाउँपालिका अन्तर्गत रहेको ४ वटै स्वास्थ्य चौकीमा अनलाईन दर्ता व्यवस्था प्रणाली संचालनका लागि आवश्यक सम्पूर्ण सामग्रीहरु उपलव्ध गराईएको थियो ।

धादिङ जिल्लामा अनलाईन मार्फत ७ वटै वडाहरुमा व्यक्तिगत घटना र सामाजिक सुरक्षा अनलाईन मार्फत दर्ता गर्ने कार्यको शुरुवात २०७४ वैशाख महिना देखि गर्दै आईरहेको छ । २०७५ श्रावण महिना देखि अनलाईन विलिङ गर्ने कार्य समेत शुरुवात गरिने प्रमुख प्रशासकिय अधिकृत बद्रिनाथ लम्साल वताउनु भयो ।
गाउँपालिकावाट प्रदान गरिने सवै सेवाहरुलाई प्रविधि मैत्री बनाउने गाउँपालिकाको प्रथम गाउँ सभाबाट नीतिगत निर्णय भईसकेकोले उक्त निर्णयलाइ सफल बनाउन प्रविधिमैत्री कार्यक्रम संचालन गरिरहेको छ । गाउँपालिकालाई प्रविधि मैत्री बनाउनका लागि सवै वडा कार्यलयहरु तथा स्वास्थ्य संस्थाहरुमा समेत आवश्यक ईन्टरनेट सेवा संचालनमा ल्याई सकिएको छ ।

२०७५ जेठ १ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: