
२ जेठ, सुर्खेत
मकालु एयरको नाइन एन जेयु जहाजका पाइलट किरण भट्टराई र कोपाइलट आदित्य नेपालीको जहाज दुर्घटनामा मृत्यु भएको छ।
उनका अनुसार पाइलट किरण भट्टराई र आदित्य नेपाल दुवैको घटनास्थलमै शव फेला परेको छ। मृतकको शव हेलिकप्टरमार्फत नेपालगञ्ज लगिएको छ।
हुम्लाको खार्पूनाथ गाउँपालिका वडा नम्बर २ मा दुर्घटाना बुधबार बिहान जहाज दुर्घटना हुँदा सुर्खेतबाट हुम्ला कार्गो विमान लिएर गएका पाइलट र कोपाइलटको ज्यान गएको हो।कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका डीएसपी बीरबहादुर वलीले पाइलट भट्टराई र कोपाइलट नेपालीको ज्यान गएको जानकारी दिए।
बुधबार बिहान हुम्लाका लागि उडेको मकालु एयरको विमान हुम्लाको खार्पूनाथ गाउँपालिका २ को राया र थाली भन्ने ठाउँको बीचमा रहेको लामाडाँडामाथिको बाहु्नखर्कमा दुर्घटनाग्रस्त भएको हो। बिहान ६ बजेर १२ मिनेटमा सुर्खेत विमानस्थलबाट उडेको जहाज बाजुराको क्षेत्रबाट सम्पर्कबिहीन भएको थियो ।
कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका डीएसपी बीरबहादुर वलीका अनुसार विमान १० बजेर २५ मिनेटमा बाहुन खर्कमा दुर्घटना भएको थियो। मकालु र माउन्टेन एयरको दुईवटा हेलिकोप्टरको सहयोगमा जहाज दुर्घटनाग्रस्त भेटिएको थियो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता प्रेम ठाकुरका अनुसार १२ हजार ८ सय फिटमा ठोक्किएर खसेको विमान तीन टुक्रा भएको छ।
२०७५ जेठ २ गते प्रकाशित