
४ जेठ,धादिङ –
नेपाल फोटो पत्रकार संघ धादिङको आयोजनामा पहिलो पटक धादिङमा फोटो ग्राफी तालिम सुरुभएको छ ।
तालिमको पहिलो दिन प्रशिक्षकहरु आर आर क्याम्पसका फोटो ग्राफर तथा स्वतन्त्र फोटो पत्रकार नरेश श्रेष्ठ, राससका फोटो पत्रकार प्रदिपराज वन्त, फोटो ग्राफर एण्ड भिडियो ग्राफर राजन घिमिरेले सहजिकरण गरेका थिए ।
फोटाग्राफरले फोटोहरु खिच्दा कस्तो खिच्ने कस्तो फोटो राख्ने र क्यामरालाई कसरी प्रयोग गर्ने भन्ने बिषयमा प्रशिक्षण गराईएको थियो । कार्यक्रमको उद्घाटन गर्दैनिलकण्ठ नगरपालिकाका उपमेयर मनराज भण्डारीलेअहिलेको युग सूचना र प्रविधिको युग रहेको भन्दै समाचारलाई स्पष्ट तथा तथ्यपूर्ण बनाउन प्रमाणको काम गर्ने सूचना प्रवाहमा फोटो महत्वपूर्ण रहेको बताए। धादिङबेसीमा विहिबार देखि सुरुभएको उक्त तालिममा जिल्लाभरबाट ३० जना प्रशिक्षर्थीहरु सहभागि छन् ।
२०७५ जेठ ४ गते प्रकाशित