Sat. Jul 5th, 2025

धादिङबेसीमा हाते कढाई तालिम सुरु


४ जेठ, धादिङ –

धादिङबेसीमा तीन महिने हाते कढाई तालिम सुरु भएको छ ।

व्यवसायीक सीप विकास केन्द्र गजुरीको प्राविधिक सहयोगमा सहारा महिला बचत तथा ऋण सहकारी संस्था लिंले तालिमको आयोजना गरेको हो । तालिमको शुक्रबार एक कार्यक्रमको आयोजना गरी सुरुवात गरिएको छ । तालिममा सहकारीमा आबद्ध २० जना भन्दा बढी महिलाहरुको सहभागीता रहेको छ ।

संस्थाका अध्यक्ष ज्योती श्रेष्ठको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा व्यवसायीक सीप विकास केन्द्र गजुरीका कार्यलय प्रमुख पुरुषोत्तम पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो ।

२०७५ जेठ ४ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: