Sat. Jul 27th, 2024

हेटौँडामा गैँडा आतंक, एकको मृत्यु

xtimthumb.php,qsrc=,hnarayanionline.com,_user_uploads,_news,_878259971946.jpg,ah=250,azc=1.pagespeed.ic.afjpieCQsZ

हेटौँडा – चितवन राष्ट्रिय निकुञ्जबाट हेटौंडा छिरेको गैंडाको आक्रमणबाट सोमबार एक जनाको मृत्यु भएको छ भने आधा दर्जन घाइते भएका छन् ।

बिहानै हेटौंडा छिरेको गैडाको आक्रमणबाट हेटौंडा ६ की ६१ बर्षिया हरिमाया दाहालको मृत्यु भएको हो । बारीमा काम गरिरहेको अवस्थामा उनलाई गैडाले एक्कासी आक्रमण गरेको स्थानियले बताएका छन् । गैंडा मकवानपुरको हाडीखोलामा विहान पाँच बजे देखीएकोे गैंडा हेटौंडाको लामसुरे, नागस्वती हटियाको गैरीगाउँ लगायतका क्षेत्रमा पुगी सर्वसाधारणलाई आतङ्कित पारेको हो ।

गैंडाको आक्रमणबाट हेटौंडा १८ का ८१ बर्षिय रुद्रनारायण धिमाल, हेटौंडा १ का २८ बर्षिय सगुन भण्डारी, गढी ३ का ५० बर्षिय धनबहादुर रुम्बा, हेटौंडा ६ का २३ बर्षिया कविता चौलागाईं, अर्जुनप्रसाद लामा र माधव दाहाल घाइते हुनुभएको बताइएको छ । हेटौंडा अस्पताल परिसरमा छिरेर समेत गैंडाले आतङिकत पारेको छ । गैंडाको आक्रमणबाट हात्तिलेटमा तीन वटा भैसी र दुई वटा गाई समेत मरेका छन् । गैंडा अहिले हेटौंडा अस्पतालक्षेत्रमा रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले घर बाहिर ननिस्कीई सुरक्षा अपनाउनका लाथि सर्वसाधारणलाई आग्रह गरेको छ ।

अहिले निकुन्जका कर्मचारी, सेना, प्रहरी र स्थानीयवासीले गैडालाई नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्। हेटौँडा बजार छिरेको गैँडाका कारणले हेटौँडा अस्पताल परिसरमा निकै तनाव भएको छ । स्थानीय वासिन्दा सडकमा निस्कन सकेका छैनन् । कार्यालय हिँडेकाहरु पनि आतंकित भएका छन् । गैँडाको आक्रमणबाट हेटौँडा–१ का सगुन भण्डारी, गौरीटारका कविता चौलागाइँ र हेटौँडा–५ का अर्जुन थिङ घाइते भएका छन् । गैँडालाई नियन्त्रणमा लिन प्रहरी, वनकर्मचारी गैँडाको पछि लागेका छन् ।

About The Author

Loading...

अन्य समाचारहरु: