Sat. Jul 5th, 2025

नेपाल नेत्रज्योति संघ धादिङको संयोजकमा डा. रेग्मी


५ जेठ,  धादिङ  –

नेपाल नेत्रज्योति संघ जिल्ला शाखा धादिङको तदर्थ समिति गठन गरिएको छ ।

शनिबार धादिङबेसीमा एक कार्यक्रमको आयोजना गरी डा. रामहरी रेग्मी संयोजक हुने गरी तदर्थ समिति गठन गरिएको हो । नवगठित समितिको सहसंयोजकमा शम्भूसिंहराज ठकुरी, सचिवमा मुरारी अधिकारी, कोषाध्यक्षमा धुव्रबहादुर थापा चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा नवराज छत्कुली, राजाराम शर्मा, विष्णु रिजाल, नवराज तिमिल्सीना, शिव सिलवाल, सुम्निमा श्रेष्ठ र डा. सविना सिटौला चयन भएका छन् ।

नेपाल नेत्रज्योति संघका केन्द्रिय कोषाध्यक्ष चिजकुमार मास्केको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला शाखा धादिङ गठन गरिएको हो । शाखाले जिल्लाका विभिन्न ठाउँमा सामाजिक कार्यहरु गर्ने बताएका छन् ।

२०७५ जेठ ५ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: