Sat. Jul 5th, 2025

राष्ट्रकवि माधवप्रसाद घिमिरे अस्वस्थ


७ जेठ,  काठमाडौँ –

राष्ट्रकवि माधवप्रसाद घिमिरे अस्वस्थ भएका छन् ।

स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि ९९ वर्षिय घिमिरेको काठमाडौंको धापासीस्थित ग्राण्डी इन्टरनेशनल अस्पतालमा उपचार भईरहेको छ । आन्द्रामा आन्तरिक रक्तश्राव भएपछि राष्ट्रकवि घिमिरेलाई हाइ केयर सीसीयू कक्षमा भर्ना गरिएको उनका छोरा राजीव घिमिरेले बताए । तीन महिनादेखि नै उनको मुटु, फोक्सो र मिर्गौलामा समस्या देखिएको थियो ।

एकसातादेखि उपचाररत राष्ट्रकविको स्वास्थ्यमा सुधार आएको जानकारी दिदै अस्पतालले एकसाता भित्र पूर्ण ठिक नभए थप उपचारका लागि सुविधासम्पन्न अस्पताल लैजानु पर्ने जनाएको छ ।

२०७५ जेठ ७ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: