
८ जेठ, धादिङ –
वैदेशिक रोजगारीमा जाने नेपालीहरुको मार्मिक कथालाई बुनेर युवा गायक तथा मोडल प्रकाश सपुतले ल्याएको नयाँ गीत ‘बोल माया’ भाइरल बनेको छ ।
युट्युव ट्रेडिङमा १ औँ शीर्ष नम्बरमा छ । करिब दुई लाख रुपैँयाको लगानीमा बनाइएको यस भिडियोको छायांकन गायक प्रकाशको गृहजिल्ला बागलुङमा गरिएको छ ।
कला, गला भएका फरक धारका सिर्जना सिर्जित गर्न माहिर मानिने प्रकाशले नै म्युजिक भिडियोको पनि निर्देशन गरेका छन् । गीतमा स्वर, संगीत र शब्द पनि उनकै छ । प्रकाशको स्वरमा वरिष्ठ गायक तथा संगीतकार नारायण रायमाझी, गायिका शान्तिश्री परियारले स्वर मिलाएका छन् ।
म्युजिक भिडियोको प्राविधिक पक्ष नै उत्तिकै बलियो छ । कथा बस्तु, रचना र अभिनय निकै दमदार छ । प्रकाश, अञ्जली अधिकारी र सितारे गन्धर्वको अभिनय छ ।
सुन्दर सपना सजाएर विदेशिए पनि स्वदेश फर्किदा काठको बाकसमा बन्द भएर फर्किने युवापुस्ताको यथार्थमाथि बनेको गीत ‘बोल माया’को भिडियो सार्वजनिक भएको छ।
लोक संस्कृति क्षेत्रमा पश्चिमी हावा लागिरहेका बेला आएको यो गीतले दर्शकहरुलाई रुवाएको त छँदैछ, धेरैपछि एउटा जीवन्त गीत पाउँदा दर्शकको मन जित्न सफल भएको छ ।
भिडियो
२०७५ जेठ ८ गते प्रकाशित