Sat. Jul 5th, 2025

मिस नेपाल चेपाङ बस्तीमा पुगेपछि…

१० जेठ, हेटौंडा –

मिस नेपाल वर्ल्ड शृङखला खतिवडाले मकवानपुरको विकट चेपाङवस्तीमा स्वास्थ्य संस्था स्थापना गरिने बताएकी छन् ।

यही सिलसिलामा उनी मंगलबार कैलाश गाउँपालिका ७ भार्ता पुगिन् ।

उनले केही चेपाङ परिवारका घरमै पुगेर भलाकुसारी गरिन् । आजको कान्तिपुर मा यो समाचार छापिएको छ । समाचारमा लेखिएको छ, ३२ बर्षीया एक चेपाङ महिलाका ९ छोराछोरी रहेको सुन्दा उनले अचम्म मानिन् ।

मिस नेपाललाई भेट्न आएका अिधिकांश चेपाङ युवतीको विवाह भइसकेको थियो । गाउँमा स्वास्थ्य संस्था नहुँदा त्यहाँका अधिकांश महिलाहरु असुरक्षित ढंगले घरमै सुत्केरी हुने गरेका छन् ।

२०७५ जेठ १० गते प्रकाशित

About The Author

अन्य समाचारहरु: