
१० जेठ, धादिङ –
धादिङको गजुरी र बेनिघाटबाट प्रहरीले अबैध घरेलु मदिरा (रक्सी) बरामद गरेको छ ।
पृथ्वी राजमार्गमा पर्ने गजुरी गाउँपालिका वडा नं २ चालिसेमा १३ घरबाट ४९ सय लिटर घरेलु मदिरा बरामद गरि नष्ट गरिएको छ । मदिरा बनाउन तयार पारिएको कच्चा पदार्थ ७० वटा प्लास्टिकको जारमा बरामद गरिएको हो । रक्सी बनाउन प्रयोग गरिएको १५ थान भाडाँ वर्तन पनि बरामद गरिएको गजुरीका प्रहरी निरीक्षक संजय तिमिल्सिनाले जानकारी दिए ।
त्यस्तै बेनिघाट रोराङ गाउँपालिका वडा नं ३ रातमाटेस्थित झोलुङगे पुलमा बेचविखन गर्न राखिएको अवैध मदिरा नष्ट गरिएको छ । ड्रममा राखिएको २ सय ३० लिटर अबैध घरेलु मदिरा (रक्सी ) नियन्त्रणमा लिई बेनिघाट गापाका प्रमुख, उप प्रमुख, वडा अध्यक्ष र स्थानीयको रोहबरमा नष्ट गरिएको प्रहरीले जानकारी दिएको छ ।
२०७५ जेठ १० गते प्रकाशित