Sat. Jul 5th, 2025

धादिङका स्वास्थ्यसंस्था पुनर्निर्माण अन्तिम चरणमा

१४ जेठ,  धादिङ –

भूकम्पले क्षतिग्रस्त स्वास्थ्यचौकी पुनर्निर्माणको अन्तिम चरणमा पुगेको छ ।

भुकम्पले धादिङ जिल्लाका ५३ वटा स्वास्थ्य–केन्द्र मध्ये ३३ वटा पुर्ण क्षति, १३ वटा आंशिक क्षति र ७ वटामा सामान्य क्षति पुर्‍याएको थियो । सरकारले क्षतिग्रस्त स्वास्थ्य र शिक्षाका भौतिक संरचना पुनर्निर्माण र मर्मत गर्न प्राथमिकता दिए पछि विपद् व्यवस्थापनमा आएका राष्ट्रिय तथा अन्र्तराष्ट्रिय गैरसरकारी संघसंस्थाहरु पनि पुनर्निमाणमा जुटेका हुन् ।

जिल्लाका क्षतिग्रस्त स्वास्थ्य संस्थाहरु मध्ये हिमालयन हेल्थ केयरले जिल्ला अस्पताल सहित ७ वटा स्वास्थ्य संस्थाहरुको पुनर्निमाण र २ वटाको मर्मत गर्ने जिम्मा लिएको थियो । सो संस्थाले विकट क्षेत्र रुवीभ्यालीको तिप्लिङ्ग, झार्लाङ्ग लगायत ७ वटा स्वास्थ्य संस्थाहरु पुनर्निर्माण गरेको छ ।
स्वास्थ्य चौकी नहुदाँ टेन्डमा नै उपचार गराउनुपर्ने बाध्यता थियो ।

२०७५ जेठ १४ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: