
१५ जेठ, धादिङ –
धादिङका युवा गायक श्याम शितलले मार्मिक लोक तथा दोहोरी गीत मट्टितेल र सलाई लिएर आएका छन् ।
विगत लामो समयदेखि जापानको नगोयामा बस्दै आएका शितलले लोक तथा दोहोरी गीतको भिडियो समेत सार्वजनिक गरेका छन् ।
बाध्यताले बिछोडिएका प्रेमीप्रेमिकाबीचको पीडालाई अत्यन्तै मार्मिक शब्दले उतारिएको यस गीतका शब्द रविन लामिछानेले लेखेका हुन् भने लय तथा श्वर श्याम शितल र पूर्णकला बिसीको रहेको छ । गीतको शब्द जति मार्मिक छ यस्को म्युजिक भिडियो पनि उत्तिकै मन छुने बनेको छ ।
धेरै उत्कृष्ट म्युजिक भिडियो निर्देशन गरिसकेकी स्मृति तिमिल्सिना (गुरुआमा)को उत्कृष्ट निर्देशन रहेको यस भिडियोमा अन्जनहरि र सगुन शाहीको अभिनय दुर्गा पौडेलको छायांकन तथा नबिन घर्तिमगरको सम्पादन रहेको छ ।
भिडियो
२०७५ जेठ १५ गते प्रकाशित