Sat. Jul 27th, 2024

पैसा लिएर घर फर्कदा बृद्ध लुटिए

download

१७ चैत, नुवाकोट – विदुर नगरपालिका बट्टारमा रहेको बंगलादेश बैंकबाट पैसा निकालेर फर्कदै गर्दा एक बृद्ध लुटिएका छन् ।

रसुवाको डाडागाउँ ७ खड्कुका ६३ वर्षका हर्कबहादुर तामाङले बैकबाट निकालेको र आफ्नो साथमा भएको गरी ४ लाख रुपयाँ निकालेको केही समय पछि एक व्यक्तिले पैसाको झोला लुटेर भागेका छन् । ‘बैंकबाट पैसा निकाल्ने बित्तिकै यहाँबाट बस पाईदैन भन्यो, पिडीत तामाङले भने, ‘मैले वास्ता नगरी एक किलोमिटर टाढा पुगेपछि आफुलाई पछ्याउदै आएका एक युवाले झोलामा बोकेको ४ लाख रुपयाँ लुटेर भागेका हुन् ।’ लुटिएको रकम मध्ये बट्टारको बंगलादेश बैंकबाट निकालेको तीन लाख र आफ्नो साथमा रहेको १ लाख रुपयाँ रहेको पिडीत तामाङले बताएका छन् । घटना लगतै बृद्धले प्रहरीलाई खबर गरेको भएपनि लुट्ने व्यक्ति प्रक्राउ पर्ने सकेको छैन ।

बृद्धले दिएको हुलिया अनुसार कालो पाईन्ट, कालो कपडाको ज्याकेट लगाएको मंगोलियन अनुहार भएको र दायाँ कानमा कोठी भएको व्यक्ति भएको हुलिया अनुसारको व्यक्ति खोजी भईरहेको प्रहरी निरिक्षक विरेन्द्र थापाले जानकारी दिनुभयो । प्रहरीका अनुसार बैंकको सिसी क्यामेराको फुटेजमा बृद्ध पैसा निकाल्न आउँदा कुनै पनि व्यक्ति पछएको पाईदैन । तामाङले माथिल्लो त्रिशुली थ्रि ए जलविद्युत् आयोजनाबाट प्राप्त मुअब्जाबाट प्राप्त रकम बैंकमा राखेर कारोबार गर्दै आएको बताएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: