Fri. Jul 4th, 2025

धुनीबेसी नगरपालिकाको मोवाइल एप्स सार्वजनिक

१८ जेठ, धादिङ –

धादिङको धुनीबेसी नगरपालिकाको मोबाइल एप्स सार्वजनिक गरिएको छ । नगरपालिकाले आफुले प्रदान गरेका सेवाप्रवाहलाई प्रविधिमैत्री बनाउने हिसाबले मोवाइल एप्स सार्वजनिक गरेको छ ।

नगरपालिकाबाट प्रदान गरिने सेवा प्रवाह, सेवा लिनको लागि पुरा गर्नुपर्ने आवश्यक प्रक्रिया, जिम्मेवार ब्यक्ति लगायतका जानकारीहरु घरबाटै लिन सकिने गरि मोवाइल एप्स तयार पारेको नगरपालिकाका मेयर बालकृष्ण आचार्यले जानकारी दिए ।

मोबाइल एप्लिकेशन सार्वजनिक सँगै सबै वडाका जनताले नगरपालिकाले प्रदान गर्ने सेवा, नगरपालिकाबाट विनियोजित रकम र तर्जुमा गरिएका कार्यक्रमको कार्यान्वयन अवस्थालाई घरमा बसिबसी सजिलै बुझ्न सक्नेछन् ।

एप्समा नगरपालिकाको सबै वडाको विभाजित नक्सा, त्यहाँको प्राकृतिक, भौगोलिक, साँस्कृतिक तथा सामाजिक अवस्थाका बारे जानकारी समेत दिइएको छ । एप्समा उपलब्ध गराइएको नक्साबाटै नगरपालिकाले कुन स्थानमा कस्तो काम गरिरहेको छ, कति बजेट छुट्याइएको छ भन्ने विषयमा जानकारी लिन सकिनेछ ।

२०७५ जेठ १८ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: