Fri. Jul 4th, 2025

सवारी धनी रिहा हुदाँ दुर्घटनाका पीडितले राहत पाएनन्

फाइल फोटो

१९ जेठ,  धादिङ   –

गत कात्तिक ११ गते धादिङको गजुरी गाउँपालिकास्थित घोप्टेभिरमा ३४ जनाको ज्यान जानेगरी भएको दुर्घटनाका पीडित परिवारले अझै पनि राहत पाएका छैनन् । सप्तरीको राजविराजबाट काठमाण्डौका लागि छुटेको बसका यात्रुहरु बोकेर हेटौडाबाट काठमाण्ठौतर्फ आउँदै गरेको ना ६ ख १४६७ नम्बरको बस धादिङको घाटबेशीमा आइपुगेपछि त्रिशुली नदीमा खस्दाँ ३४ जना मृत्यु भएको थियो भने १६ जना घाईते भएका थिए ।

फाइल फोटो

उक्त दुर्घटनामा घाइते भएकाहरुको उपचार खर्च र मृतकहरुको क्षतिपुर्ति नदिइकनै सवारी धनी जेलबाट साधारण तारेखमा रिहा भएपछि दुर्घटनाका पिडितहरु आक्रोशित बनेका छन । सन्देश यातायात प्रालिको उक्त गाडीको विमा समेत फेल भएको ६ महिना नाघिसकेकाले विमा रकम दिन नसकिने सिद्धार्थ इन्स्योरेन्सले जिल्ला प्रशासन कार्यलय धादिङलाइ जानकारी गराएपछि जिल्ला प्रशासन कार्यलयले सवारी धनी सविना तुलाधर मुखियालाइ हिरासतमा लिएको थियो । सन्देश यातायात प्रालीका संचालक शुसिल मुखिया प्रशासनको सम्पर्कमा नआएपछि सवारी धनी सविना तुलाधरलाइ नियन्त्रणमा लिइ जिल्ला प्रशासन कार्यलय धादिङले मुद्धा चलाएको थियो । सविना शुसिलकी श्रीमती हुन् ।

यातायात ब्यवस्था नियमावली २०५४ को नियम ५३ अनुसार सवारी दुर्घटना भएमा प्रतिमृतक ५ लाख क्रिया खर्च र क्षतिपुर्ति भराउने ब्यवस्था छ । सवारी तथा यातायात ब्यवस्था ऐन २०४९ को दफा १ सय ६३ मा तेस्रो पक्ष विमा नगराइ सवारी दुर्घटना भएमा सम्वन्धीत सवारी धनीबाट क्षतिपुर्ति भराउने ब्यवस्था भए अनुसार जिल्ला प्रशासन कार्यलय धादिङले २०७४ पुस ३ गते मृतक र घाइतेको क्षतिपुर्ति सवारी धनी सविना तुलाधर मुखियाबाट भराउने आदेश दिएको थियो । सवारी धनीले सविनाले क्षतिपुर्ति दिन नसकेपछि जेल चलान गरिएकोमा कम्पनी मार्फत गाडी चलाएको क्षतिपुर्ति कम्पनीले नै तिर्नुपर्ने तथा आफुले क्षतिपुर्ति तिर्न नपर्ने भन्दै सविनाले उच्च अदातल पाटनमा बन्दी प्रत्यक्षीकरणको रिट दिएकी थिइन् । उच्च अदालत पाटनले २०७५ पुस १७ गते जिल्ला प्रशासन कार्यलय धादिङको आदेशलाइ सदर गर्दै सविनाबाटै क्षतिपुर्ति भराउने आदेश दिएको थियो ।

त्यसपछि सविनाले जिल्ला अदातल धादिङमा समेत आफुले क्षतिपुर्ति तिर्न नपर्ने र विना प्रमाण आफुलाइ थुनामा राखेको भन्दै रिट निवेदन दिएकी थिइन् । जिल्ला अदालत धादिङले पनि २०७४ चैत २ गते सविनाको रिटलाइ खारेज गर्दै उच्च अदालत पाटन र जिल्ला प्रशासन कार्यलय धादिङको निणर्यलाइ सदर गरिदिएपछि तुलाधरले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दिएकी थिइन् ।
सविनाले दिएको बन्दी प्रत्यक्षीकरणको रिटमाथी सर्वोच्च अदालतलका न्यायाधीय द्धय ओमप्रकाश मिश्र र प्रकाश राउतको संयुक्त इजलासले जिल्ला प्रशासन कार्यलय धादिङले सवारी धनी सविनासंग धरौटी माग गर्ने कानुनी आधार नभएको र थुनामा पठाउने पत्रहरु समेत गैरकानुनी भएको भन्दै उत्प्रेषणको आदेश जारी गरि जिल्ला प्रशासन, जिल्ला अदालत र उच्च अदालत पाटनको निर्णय बदर गरिदिएको थियो ।

सर्वाेच्च अदातलबाटै सविनालाइ थुनामुक्त गर्न आदेश दिएपछि जिल्ला प्रशासन कार्यलय धादिङले सविनाको आमा नानीछोरी तुलाधर, दाइ राजेश महर्जन र दिदी बविता महर्जनको जिम्मा लगाएर प्रशासनले बोलाएको बखत हाँजिर हुनेगरि सविनालाइ थुनामुक्त गरिदिएको छ ।
सवारी धनी थुनामुक्त भएपछि दुर्घटनाका पिडितहरुले आफुहरुलाइ सरकारले अन्याय गरेको बताएका छन । दुर्घटनामा परिवार र नातेदार गरि ८ जना आफन्त गुमाएका सप्तरी जिल्ला राजविराज नगरपालिका वडा नं १६ का मदन झाले भने, ‘विमा कम्पनीले क्षतिपुर्ति नदिएको बेलामा सवारी धनीबाटै दिलाइदिनुपर्ने अवस्थामा उल्टो सवारीधनीलाइ नै छुटाउनु भनेको पिडितलाइ झनै पिडा दिनु हो । हामी अव सवै पिडित परिवार मिलेर आन्दोलन गछौँ ।’

सर्वोच्च अदालतबाटै जिल्ला प्रशासन कार्यलयको नाउँमा परमादेश जारी भएपछि सवारी धनीलाइ परिवारको जिम्मा लगाएको जिल्ला प्रशासन कार्यलय धादिङले जनाएको छ । दुर्घटनामा मृत्यु भएका सप्तरी जिल्लाको राजविराज नगरपालिका वडा नं १३ को नेपाली सेनामा कार्यरत ऋषि आनन्द देवका पिता पुरुषोत्तम देवले भने, ‘हामी पिडितलाइ न्याय दिने कोही रहेनछ । अव हामी मानवअधिकार आयोगमा जान्छौ । पिडितलाइ क्षतिपुर्ति र न्याय दिनु त कता हो कता सरकारी निकायबाटै पिडकलाइ उम्काइदिएपछि हामीले न्याय कसरी पाउने ?’ आफुहरु अन्यायमा परेको कुरा लिएर अव प्रदेश सरकारमा ध्यानाकर्षण गराउन जाने पुरुषोत्तम देवले बताए ।बस दुर्घटना गराउने चालक सन्तोष चौधरी भने सवारी ज्यान मुद्धामा जिल्ला काराकार धादिङमा कैद सजाय भुक्तान गरिरहेका छन् ।

२०७५ जेठ १९ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: