
२० जेठ, धादिङ –
धुनीबेसी नगरपालिका आदिवासी जनजाती समन्वय समितिको पहिलो भेलाले अजय तामाङको अध्यक्षतामा नगर समन्वय परिषद गठन गरिएको छ ।
तामाङको अध्यक्षतामा १५ सदस्यीय नेपाल आदिबासी जनजाति महासङ धुनिबेसी नगर समन्वय परिषद् गठन गरिएको हो । नगर कमिटिको उपाध्यक्षहरु गङगामाया लामा तामाङ , मन्दिरा श्रेष्ठ , रमेश तामाङ सचिव दिनेस मगर, सहसचिवहरु सन्जु राई, रामकुमार मगर, र सन्तोष तामाङ , कोशाध्यक्ष बाल्कृश्न भुजेल निर्वाचित भएका छन् । त्यसै सदस्यहरू मान्सिङ तामाङ , सरिता लामा, रमेश श्रेष्ठ , रोशन लाम, सानु लामा रहेका छन् ।
आदिबासी जनजातिका अग्रनी अभियन्ता इन्द्रकुमार तामाङको सभापतित्वमा सम्पन्न भेलामा नगरप्रमुख बालकृष्ण आचार्यको प्रमुख आतिथ्यता रहेको थियो ।
२०७५ जेठ २० गते प्रकाशित