
२१ जेठ धादिङ –
धादिङका त्रिपुरासुन्दरी गाउँपालिकामा मेगा बैंकको नयाँ शाखा संचालनमा आएको छ । बैंकले त्रिपुरासुन्दरी गाउँपालिकाको सल्यानटारमा शाखा बिस्तार गरेको हो ।
धादिङमा मेगा बैंकको चार वटा शाखा पुगेको छ। यसअघि नै धादिङबेसी, मलेखु बजार र ज्वालामुखी गाउँपालिकामा मेगा बैंकको शाखा विस्तार भइसकेको छ।
योसँगै मेगा बैंकको शाखा संख्या ९५ पुगेको छ। ८ वटा एक्सटेन्सन काउन्टर रहेको मेगा बैंकका ७४ वटा एटीएम सञ्जाल, ५८ वटा शाखारहित केन्द्रहरु र १८ सयभन्दा बढी मेगा रेमिट एजेण्ट छन्।
२०७५ जेठ २१ गते प्रकाशित