Fri. Jul 4th, 2025

धादिङमा ट्रक र जीप जुध्दाँ आगलागी, तीन जना घाईते


२१ जेठ,  धादिङ –

 

पृथ्वी राजमार्ग अन्र्तगत धादिङको थाक्रे गाउँपालिका वडा नं ७ सातकिलामा ट्रक र बोलेरो जीप एकआपसमा ठोक्किदाँ ट्रकमा आगजनी भएको छ ।

चितवनबाट काठमाडौँ तर्फ जाँदै गरेको ना ५ ख ८७७० नम्बरको सिमेन्ट बोकेको ट्रक र विपरित दिशाबाट आउँदै गरेको बा १७ च १०९३ नम्बरको बोलेरो जीप ठोक्किएको थियो ।

ट्रकको ट्याङकीबाट आगो सल्कन गई आगलागी भएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ । प्रहरी, स्थानीयद्धारा आगो निभाउने कार्य भइरहेको छ ।

दुर्घटनामा बोलेरो जीपमा सबार तीन जना घाईते भएका छन् । घाईतेहरुको महादेवबेसी पोलिक्निकमा उपचार भइरहेको छ । ट्रकका चालक भने फरार रहेको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनापछि राजमार्ग पूर्ण रुपमा बन्द रहेको छ ।

२०७५ जेठ २१ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: