Sat. Jul 27th, 2024

धादिङको चैनपुरमा खानेपानी आयोजना बन्ने

drinking-water
धादिङ – धादिङको चैनपुरमा निर्माण हुन लागेको चैनपुर खानेपानी तथा सरसफाई आयोजनाको मंगलबार शिलान्यास गरिएको छ ।

चैनपुर गाविस वडा नम्बर २, ३ र ४ का दलित र जनजाती समुदायलाई लक्षित गरेर निर्माण हुन लागेको आयोजनाको धादिङ क्षेत्र नम्बर २ का सभाषद गुरुप्रसाद बुर्लाकोटीले शिलान्यास गर्नुभएको हो । एक घरमा एक धारा, एक शौचालन निर्माण गर्ने योजना सहित ग्रामीण खानेपानी तथा सरसफाई कोष विकास समिति फर्नबोर्डको सहयोगमा फोकस नेपाल र पर्यवरणीय संरक्षण मञ्चको साझेदारीमा आयोजना निर्माण गर्न लागिएको हो ।

स्थानीय १ सय ४१ घरलाई लक्षित गरी निर्माण हुन लागेको खानेपानी आयोजना २०७२ सालभित्र संचालनमा आइसक्ने बताइएको छ । खानेपानीको चरम अभाब खेप्दै आएको गाउँमा लिफ्टिङ प्रविधिबाट घरघरमा धारो झार्ने भएपछि स्थानीयहरु खुसी भएका छन् ।

About The Author

Loading...

अन्य समाचारहरु: