Fri. Jul 4th, 2025

धादिङको धुनीबेसीमा विद्यार्थी बोकेको बस दुर्घटना, ५ जना घाईते

२२ जेठ,  धादिङ –

त्रिभुवन राजपथ अन्र्तगत धादिङको धुनीबेसी नगरपालिका वडा नं ८ याकघर नजिकै मंगलबार विद्यार्थी बोकेको बस दुर्घटना हुदाँ ५ जना घाईते भएका छन् ।

तनहुँबाट काठमाडौँ जाँदै गरेको बा ३ ख ४०३६ नम्बरको बस अनियन्त्रित भई नालामा पल्टिएको थियो । दुर्घटनामा चालक सहित ५ जना घाईते भएको प्रहरीले जानकारी दिएको छ । घाईतेहरुको नाम खुल्न सकेको छैन । घाईते मध्ये एकजनाको अवस्था गम्भीर रहेकाले उपचारका लागि काठमाडौँ पठाइएको छ ।

काठमाडौँस्थित शंकरदेव क्याम्पसमा अध्ययनरत २६ जनाको टोली भम्रणमा गई फर्कने क्रममा दुर्घटना भएको इलाका प्रहरी कार्यालय खानीखोलाले जानकारी दिएको छ ।

२०७५ जेठ २२ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: