
२३ जेठ, धादिङ –
उत्तरी धादिङको गंगाजमुना गाउँपालिका वडा नं १ री मा खुकुरीप्रहारबाट एकजना घाईते भएका छन् ।
युवाहरुबीच आपसी विवादमा खुकुरी प्रहार भएपछि नेत्रावती गाउँपालिकास्थित कटुन्जेका २२ वर्षीय सञ्जय तामाङ सख्त घाइते भएका छन् । घाइते तामाङलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं पठाइएको छ । घाईतेको टिचिङ अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।
बुधबार बाटो निर्माण भइरहेको ठाउँमा स्थानीय जम्मा भइरहेको बेला भनाभन हुदाँ खुकुरी प्रहार भएको स्थानीयले बताएको छ । फायरिङ गरी खुकुरी प्रहार गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । खुकुरी प्रहार गर्ने समूहको खोजी कार्य भइरहेको धादिङका प्रहरी उपरीक्षक डम्बर बिकले जानकारी दिए ।
घटनास्थल जिल्लाको विकट उत्तरी क्षेत्रमा पर्दछ । घटनास्थलमा पुग्न दार्खाको प्रहरी चौकीबाट ४ घण्टा पैदल हिँड्नु पर्छ ।
२०७५ जेठ २३ गते प्रकाशित