Sat. Jul 27th, 2024

चेपाङ बालबालिकाहरुमा कुपोषणको समस्या

kuposhan1
धादिङ – धादिङको धुषाका चेपाङ समुदायका अधिकांश बालबालिकाहरुमा कुपोषण रहेको पाईएको छ ।

जगतज्योती सामुदायिक विकास समाज जेड्स नेपाल मैदीले धादिङको धुषामा सञ्चालन गरेको पोषण स्वास्थ्य शिविरमा अधिकांश बालबालिकाहरुमा कुपोषणको समस्या पत्ता लगाएको हो । धुषा १ चरौँदीका १५ वर्ष मुनिका १ सय ८० जना र विदानका २ सय ९१ जना मध्ये ७० जना बालबालिकाहरुमा कुपोषणको जटिल समस्या भेटिएको शान्ती नेपालका सामुदायिक स्वास्थ्य सहजकर्ता विष्णुमाया चेपाङले जानकारी दिनुभयो ।

शिविरमा स्वास्थ्य उपचार गराएका मध्ये सामान्य कुपोषणको समस्या देखिएकालाई औषधी तथा सर्वोत्तम पिठो वितरण गरिएको र जटिल समस्या देखिएका ७० जनालाई थप उपचारका लागी पोषण पुनस्र्थापना केन्द्र ललितपुर रिफर गरिएको छ । कुपोषित बालबालिकाहरुको पहिचान गर्दै पोषण स्वास्थ्य शिक्षा प्रदान गर्ने र स्वास्थ्य उपचारमा सहयोग पु¥याऊने उद्येश्यले शिविर सञ्चालन गरिएको शान्ती नेपाल धादिङले जनाएको छ । पोषण स्वास्थ्य शिविरमा कान्ती बालअस्पतालका बालरोग विशषेज्ञ डाक्टर पुष्कर पोखरेल र पोषण स्वास्थ्य पुनस्र्थापना गृह ललितपुरका डाक्टरहरुद्धारा स्वास्थ्य जाँच गराइएको हो ।

About The Author

Loading...

अन्य समाचारहरु: