Sat. Jul 27th, 2024

विद्यालय सञ्चालन गर्न खयर विक्री

khayartreenepal

धादिङ – धादिङ जिल्लाको जोगिमारा गाँउ विकास समिति वडा नं. ५ मा अवस्थित जलकिनी ग्याङराङ सामुदायिक वन उपभोक्ता समूहले विद्यालय सञ्चालन गर्न खयर विक्री गरेर लगानी गरेका छन् । २०६४ सालदेखि सामुदायिक बनले गरेको लगानी नउठ्दा गैराङ निमावि बन्द हुने अवस्थामा पुगेकाले सामुदायिक वनको खयर कानूनी प्रक्रिया पुरा गरि विक्री गरेर विद्यालय सञ्चालन गर्न पहल गरेका हुन् ।

उपभोक्ताहरु जोगिमारा–५ निवासी कृष्ण बहादुर थापालाई २०६४ चैत्रमा लगानी गरेको १ लाख रुपयाँको व्याज १ लाख २३ हजार, केशव मगरलाई लगानी गरेको १ लाखको १ लाख १६ हजार व्याज भएको छ । यसैगरी डुल बहादुर मगरलाई २०६४ चैत्रमा लगानी गरेको १ लाखको व्याज ५० हजार बाँकी, पूर्ण बहादुर गुरुङलाई गलानी गरेको ५३ हजार ६ सयको व्याज ४ हजार ८ सय २४ रुपयाँ र जीत बहादुर गुरुङलाई १० हजारको १ हजार २ सय व्याज बाँकी रहेको छ । यसैगरी जीत बहादुर चेपाङलाई २०६५ मसिरमा लगानी गरेको ४० हजार ५ सयको व्याज २४ हजार ५ सय २८ रुपयाँ, भिम बहादुर चेपाङलाई २०६४ साल माघ लगानी गरेको ४५ हजारको व्याज ११ हजार ७ सय ४५ रुपयाँ भएको छ । अघिल्ला वर्षहरुमा लगानी गरेको साँवा नउठाई लगानी मात्र बढाई रहदाँ पछिल्ला समयमा गरेको लागानी समेत जोखिममा परेको छ ।

२०६६ साल वैशाखमा कमल गुरुङलाई २०६६ साउनमा लगानी गरेको २० हजार सावाँ सहित १ हजार ८ व्याज, मान बहादुर गुरुङलाई २०६६ भदौमा लगानी १ हजार सावाँ सहित १ हजार २० रुपयाँ व्याज र अमर बहादुर गरुङलाई २०६६ असोजमा लगानी गरेको ११ हजार सावाँ सहित ९ सय ९० रुपयाँ व्याज, अमृत गरुङलाई २०६६ असोजमा लगानी गरेको ५० हजार सावाँको २४ हजार ७ सय ५० रुपयाँ व्याज, तेज बहादुर रसाईलीलाई २०६६ असोजमा लगानी गरेको ५० हजार सावाँको २२ हजार ५ सय व्याज र चन्द्र बहादुर चेपाङलाई लगानी गरेको १५ हजारको व्याज १ हजार ३ सय ५० रुपयाँ अहिले सम्म उठाउन सकेको छैन । यसैगरी २०६७ साल असरमा डिलसिङ मगरलाई लगानी गरेको २० हजार सावाँको २२ हजार ३ सय ५० र श्याम बहादुर गुरुङलाई ३९ हजार ९ सय ५५ रुपयाँ सावाँ सहित २८ सजार ३ सय २४ रुपयाँ उठाउन नसकेपछि विद्यालयमा निजी श्रोतमा कार्यरत शिक्षकहरुलाई तलव खुवाउन नसकेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्याम बहादुर गुरुङले बताउनुभयो ।

विभिन्न समयमा फरक फरक व्यक्तिलाई लगानी गरेको ६ लाख ८६ हजार ५५ रुपयाँ सावाँ सहित ४ लाख २४ हजार ४ सय २१ रुपयाँ व्याज सामुदायिक वन उपभोक्ता समितिले विद्यालयलाई दिनु पर्ने भएपनि उठाउनु पर्ने विवरण विद्यालयलाई बुझाएपछि विद्यालय थप संकटमा परेको अध्यक्ष गुरुङले बताउनुभयो । वालकक्षा देखि कक्षा ८ सम्म पढाई हुने विद्यालयमा प्रावि स्वीकृत दरवन्दी ३, प्रावि राहत १ र वालकक्षा १ र नीजि श्रोतमा ४ जना शिक्षक कार्यरत छन् । नीजि श्रोतका ४ शिक्षकलाई १५ हजार ५ सय मासिक तवल र मालिका प्राविलाई तलव खुवाउन २ हजार गरी १६ हजार ५ सय मासिक तलवमा सामुदायिक वन उपभोक्ता समूहले तवल खुवाउनु पर्ने सामुदायिक बन उपभोक्ता समुहका सचिव मणिराज गुरुङले बताउनु भयो ।

विद्यायलय व्यवस्थापन समिततिका वर्तमान अध्यक्ष गुरुङले सामुदायिक वन उपभोक्ता समितिको सचिव हुदाँ लिएको ३९ हजार ९ सय ५५ रुपयाँ सावाँ सहित २८ सजार ३ सय २४ रुपयाँ पनि तिरेका छैन । निम्न मावि सञ्चालन गर्ने सपना देखेर बनमा खयर काटियो । अहिले खयर पनि छैन, पैसा पनि उठ्दैन । २ सय विद्यार्थीको भविष्य के हुने हो थाहा छैन, शिक्षकले तलव पनि खान पाउको छैन सामुदायिक बन उपभोक्ता समुहका सचिव समेत रहेका गैराङ निमाविका शिक्षक मणिराज गुरुङले बताउनुभयो ।

About The Author

Loading...

अन्य समाचारहरु: