Fri. Jul 4th, 2025

त्रिशुली नदिमा ट्रक खस्यो, दुई जना बेपत्ता

फाइल तस्बिर

२६ जेठ,  धादिङ –

पृथ्वी राजमार्गस्थित त्रिशुली नदिमा ट्रक खस्दाँ दुईजना बेपत्ता भएका छन् ।

भैरहवाबाट काठमाण्डौतर्फ जाँदै गरेको सिमेन्ट बोकेको ना ५ ख ३४१५ नम्बरको मालवाहक ट्रक शुक्रबार राती धादिङको बेनिघाट रोराङ गाउँपालिकास्थित जोगिमाराको तिक्राङखानीबाट त्रिशुली नदिमा खसेको हो ।

बेपत्ता हुनेमा सिन्धुपाल्चोक बाह्रबिसेका २७ वर्षीय ट्रक चालक टोपबहादुर श्रेष्ठ, र सोही ठाँउका श्याम भनीने रहेका छन् । ट्रक सडकबाट करिव ९० फिट तल त्रिशुली नदीमा खसेको प्रहरीले जानकारी दिएको छ ।

ट्रकका सहचालक १९ वर्षका तुलसी दुलाल भने सकुशल रहेको ट्राफिक प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ ।
बेपत्ता भएकाको खोजी कार्य भइरहेको छ । गोताखोरको टोलीले खोजी कार्य गरिरहेको छ ।

२०७५ जेठ २६ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: