Fri. Jul 4th, 2025

आगिन्चोकका विद्यालयहरुमा ई–लाईब्रेरी संचालन

२६ जेठ, धादिङ –

धादिङ जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकास्थित आगिन्चोकमा रहेको भिमोदय मा.वि. र नृसिंह आधारभूत विद्यालयमा ई लाईब्रेरी संचालन भएको छ । सैद्धान्तिक ज्ञानले मात्र बालबालिकाहरुको शिक्षा सम्बन्धी उद्देश्य पूरा नहुने ठहर गर्दै सूचना र प्रविधिको माध्यमबाट बालबालिकाहरुको शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यले ई लाईब्रेरी संचालनमा ल्याएको हो ।

दलित सेवा संघ जिल्ला शाखा धादिङले दलित तथा सिमान्तकृत बालबालिकाको लागि शैक्षिक कार्यक्रम अन्तरगत ई लाईब्रेरी स्थापना गरि संचालनमा ल्याएको हो ।

संयुक्त राज्य अमेरिका स्थित सेपिङ योङ माईन्डस फाउन्डेसनको आर्थिक सहयोग तथा दलित सेवा संघ केन्द्रीय कार्यालय काठमाडौंको प्राविधिक सहयोगमा ई लाईब्रेरी संचालनका लागि विद्यालयहरुमा १ लाख २५ हजार रुपैयाँ बराबरको वाई फाई जडान गरि ८ लाख रुपैयाँ मुल्य बराबरको ल्यापटप, आईफोन, मोबाईल सेट, आई प्याड, ट्याबलेट वितरण गरिएको थियो ।

यसै गरि कक्षा संचालनमा सहयोग पु¥याउनका लागि शिक्षकहरुलाई कम्प्यूटर तालिम पनि संचालन गरिएको थियो । ई लाईब्रेरी संचालन भएपछि बालबालिकाहरु निरन्तर विद्यालय आउन थालेका छन् भने अध्ययनमा लगनशीलता र उत्प्रेरणा पनि बढेकोछ ।

निकट भविष्यमा नै आगिन्चोकको सल्यानकोट माध्यमिक विद्यालय, सुन्दरी माध्यमिक विद्यालय, सगरमाथा आधारभूत विद्यालय र जलेश्वरी आधारभूत विद्यालयमा समेत ई लाईब्रेरी संचालन गर्ने योजना रहेको जानकारी दिइएको छ ।

२०७५ जेठ २६ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: