Fri. Jul 4th, 2025

ईपीएस परीक्षा सुरु, ८२ हजार २ सय ६४ जना सहभागी

२६ जेठ,  काठमाडौँ –

दक्षिण कोरियाका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) भाषा परीक्षा आजदेखि सुरु भएको छ ।

आज र भोलि गरी सञ्चालन हुने परीक्षामा ८२ हजार २ सय ६४ जना सहभागी हुँदै छन् । परीक्षा लिन कोरियाबाटै ६३ जनाको विज्ञ टोली नेपाल आएको छ ।

बिहान १० बजेदेखि पहिलो र अपराह्न २ बजेदेखि दोस्रो चरणमा सञ्चालित परीक्षाका लागि काठमाडौं, ललितपुर र पोखराका २८ केन्द्र तोकिएको छ । भाषा परीक्षामा सहभागी भएकाहरुलाई अभिमुखीकरणसमेत दिइएको छ । उत्तर पुस्तिकाको परीक्षण भने कोरियाबाटै गरिने छ ।

२०७५ जेठ २६ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: