Sat. Jul 27th, 2024

बालकको डुबेर मृत्यु, पुरुषको रुखबाट लडेर मृत्यु

 धादिङ –  पौडी खेल्ने क्रममा त्रिसुली नदिको दलदले हिलोमा फसेर धादिङको कल्लेरी गाउँ विकास समिति वडा नम्बर २ मा ९ वर्षिय बालकको मृत्यु भएको छ ।

स्थानीय प्रमेबहादुर विकका ९ वर्षिय छोरा सुजनको बुधबार दिउँसो पौडी खेल्ने क्रममा त्रिसुली नदिमा डुबेर मृत्यु भएको हो । विद्यालयबाट घर फर्कने क्रममा साथीहरुसंग पौडी खेल्न नदि छेउमा पुगेका बालक दलदले हिलोमा फसेपछि निस्कन नसकेको स्थानीयहरुले बताएका छन् ।
सुजन नदि छेउको हिलोमा फसेपछि संगै गएका साथीहरुले निकाल्ने प्रयास गर्दा नसकेपछि अभिभावकले जिवितै उद्धार गर्न नसकिएको बताइएको छ ।

त्यसैगरी धादिङको तसर्पू गाउँ विकास समिति वडा नम्बर ७ ठकममा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । आँपको हाँगा काट्न रुपमा चडेको बेला लडेर स्थानीय ४६ वर्षिय जगतबहादुर श्रेष्ठको मृत्यु भएको हो । घर नजिकै दिउँसो आँपको हाँगा काट्ने क्रममा चिप्लिएर लडेको स्थानीय श्रीराम तामाङले जानकारी दिनुभयो ।

About The Author

Loading...

अन्य समाचारहरु: