Fri. Jul 4th, 2025

पत्रकार तथा लेखक मोहन मैनालीको ‘देखेको देश’ विमोचन

२७ जेठ,  काठमाडौँ –

पत्रकार तथा लेखक मोहन मैनालीको देखेको देश पुस्तकको विमोचन भएको छ । बिभिन्न ३६ वटा निबन्ध समेटिएको पुस्तकको शनिबार विमोचन गरिएको हो । पुस्तक विमोचन गर्दै लेखक तथा वनस्पति विज्ञ डा.तिर्थ बहादुर श्रेष्ठले देशका बारेमा थाहा नभएका कुराहरु जान्नका लागि पुस्तक उपयोगी रहने बताए ।

विभिन्न ठूला विकासका आयोजना तथा निकुञ्ज विस्तारका क्रममा विस्थापनमा परेका परिवारका भोगाईलाई पुस्तकमा मर्मस्पर्सी रुपमा प्रस्तुत गरिएको छ । चितवन राष्ट्रिय निकुञ्ज विस्तारका क्रममा पुरानो पदमपुरबाट विस्थापित भएर नयाँ पदमपुरमा राखिएका परिवारले पहिलेको ठाउँका नातेदार, आफन्तबाट टाढा हुँदा चन्द्र सूर्यको प्रकाश नफेरिए पनि बाँकी सबै फेरिएको कुरालाई भावनात्मक रुपमा उठान गर्दै सामाजिक परिवेश दर्शाएको छ ।

पुस्तकले समग्र सामाजिक परिवेश, शैक्षिक अवस्था, विदेशमा भासिएकाको कथाहरु पनि उठान गरेको छ । सपनामाा देखेको रेल्वे र विपनामा हराएको सडक शीर्षकमा नेपाललाई छिमेकी देशले सपना देखाएर कसरी नचाइरहेको छ भन्ने कुरा घतलाग्दो यथार्थको रुपमा छर्लङ्ग देखाइएको छ ।

तेह्रथुममा जन्मिएका मैनालीले पत्रकारीता गर्दा घुम्ने क्रममा देखेका र भोगेका कुरालाई लिपीबद्ध रुपमा पुस्तकमा प्रस्तुत गरेका छन् । पहाड चिरेर बनाइएका बाटोले पारेको वातावरणीय प्रभाव तथा समसामयिक विषयवस्तुलाई पुस्तकमा रोचक रुपमा उठान गरिएको छ ।

२०७५ जेठ २७ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: