
२७ जेठ, काठमाडौँ –
सरकारले नेपाल प्रहरी ३ र सशस्त्रमा २ जना मात्र एआईजी राख्ने निर्णय गरेको छ।
आइतबार बिहान बसेको मन्त्रिपरिषद बैठकले नेपाल प्रहरीमा एआईजीको संख्या घटाउने निर्णय गर्नुका साथै प्रहरीका अन्य दरबन्दी भने बढाउने निर्णय गरेको छ।
मन्त्रिपरिषदको निर्णय अनुसार अब नेपाल प्रहरीमा ३ जनामात्र एआइजी रहनेछन्। यस्तै सशस्त्र प्रहरीमा २ जना एआइजी रहनेछन्। यस्तै नेपालको प्रादेशिक संरचनाअनुसार नेपाल प्रहरीमा आवश्यक दरबन्दी परिपूर्ति गरिने निर्णयसमेत आजको मन्त्रिपरिषदले बैठकले निर्णय गरेको छ।
२०७५ जेठ २७ गते प्रकाशित