Sat. Jul 27th, 2024

अख्तियारद्धारा २३ जना विरुद्ध मुद्दा दायर

Bishesh-adalat

काठमाडौ – नेपाल पर्यटन बोर्डको भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २३ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । दुई बहालवाला, एक पूर्व सचिव, ३ सहसचिव सहित २३ जना विरुद्ध मुद्दा दायर भएको हो ।

५२ जना प्रतिवादी रहेकोमा २९ जनालाई साक्षीको रुपमा प्रस्तुत गरी अख्तियारले बाँकीलाई प्रतिवादी बनाएको देखिन्छ । अनुसन्धानका क्रममा सहयोग गर्ने प्रतिवादीलाई जरिवाना र कैद दावी नगर्न पाउने छुट अख्तियारलाई छ । कुल विगो ६९ करोड रुपैयाँ छ ।

विशेष अदालतका रजिष्टार नातिबाबु लामिछानेका अनुसार, पूर्व सचिव शुसिल घिमिरे, बहालवाला सहितवहरु शरदचन्द्र पौडेल र रञ्जनकृष्ण अर्याल प्रतिवादीमा परेका छन् । अध्यागमनको महानिर्देशक हुदा बोर्डमा प्रतिनिधित्व गरेका पौडेल हाल वन मन्त्रालयका सचिव हुन् । त्यसैगरी रञ्जनकृष्ण अर्याल कानून आयोगका सचिव हुन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक रतिशचन्द्र लाल सुमनलाई पनि आयोगले प्रतिवादी बनाएको छ ।

अख्तियारले प्रतिवादी बनाएका डिल्ली शिवाकोटी हाल अर्थ मन्त्रालयको सहसचिव छन् । अर्का सहसचिव मेघबहादुर पाण्डे वनमा छन् ।

बोर्डका तत्कालीन कार्यकारी निर्देशक सुवास निरौला तथा त्यसअघिका कार्यकारी निर्देशक प्रचण्डमान श्रेष्ठलाई पनि प्रतिवादी बनाएको छ । बोर्डका कर्मचारी आदित्य बराल, अनिलकुमार दास र नन्दनी सिंह, लक्ष्मण गौतमलाई पनि अख्तियारले प्रतिवादी बनाएको छ ।

अख्तियारले बोर्डको भ्रष्टाचार प्रकरणवारे जानकारी दिन दिउँसो साढे ३ बजे पत्रकार सम्मेलन गर्दैछ । अख्तियारका एसएसपी यादवराज खनाल सहितको टोलीले करिव साढे १२ बजे ५ सय २० पेज लामो आरोपपत्र दर्ता गराएको थियो । त्यसक्रममा एउटा माईक्रोबस भरी ल्याएको प्रमाणका कागजात पनि अदालतमा पेश गरेको छ ।
इकान्तिपुर अनलाइनबाट

About The Author

Loading...

अन्य समाचारहरु: