Fri. Jul 4th, 2025

युटिलिटी पेमेन्ट’सहितको मोबाइल मनी सर्भिस

३१ जेठ, काठमाडौं

नेपाल टेकिलमले ‘युटिलिटी पेमेन्ट सर्भिस’सहित मोबाइल मनी प्रविधि प्रयोग थाल्न छलफल अघि बढाएको छ । टेलिकमले राष्ट्र बैंकले ल्याएको नियमअनुसार सेवा सुरु गर्ने योजनाका साथ छलफल अघि बढएको हो ।राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक (पेमेन्ट सर्भिस प्रोभाइडर)का रुपमा दूरसञ्चार कम्पनीहरुले काम गर्न सक्ने व्यवस्था गरिसकेको छ । मोबाइल वालेट, डिजिटल वालेट वा ई-वालेट नामबाट भुक्तानी दिन सक्ने कानुनी व्यवस्था छ ।वर्तमान व्यवस्थाअनुसार कम्पनीको एजेन्ट र सब-एजेन्टमार्फत् वालेटमा दैनिक १५ सयदेखि मासिक २५ हजार रुपैयाँसम्म ग्राहकको नगद जम्मा गर्न सक्छन् । विद्युतीय माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था गरिएका सरकारी कार्यालयहरुका लागि पनि त्यस्ता कम्पनीले सेवा दिन सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

‘हामी युटिलिटी पेमेन्टको सुविधा दिने गरी सेवा थाल्ने योजनामा छौं । यसको मोडल टुंगिन बाँकी नै छ,’ टेलिमकमा एक अधिकारीले भने,’छलफल अघि बढेको छ । विद्यमान व्यवस्थाले केही असहज हुने भएपनि हामी कसरी जाने भन्नेमा वृहत्तर छलफल गर्ने तयारीमा छौं ।’ तोकिएबाहेकका बैंकिङ सेवा दूरसञ्चार प्रदायकहरुले दिन नपाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।टेकिकमले सहायक कम्पनी खोलेर वा बैंकसँगको सहकार्यमा मोबाइल बैंकिङ शुरु गर्ने दुई विकल्पमाथि छलफल गरिरहेको छ ।

अहिले बैंकहरुले नै मोबाइल बैंकिङ सेवा दिँदै आएका छन् । कतिपय देशहरुमा बैंकहरुलाई नै दूरसञ्चार कम्पनीका सेवाले टक्कर दिइरहेका छन् । कतिपय देशमा त बैंकभन्दा बढी यस्तै दूरसञ्चार कम्पनीका वालेटहरु प्रयोगमा छन् ।केन्या र तान्जानियाका यसको प्रयोग विश्मै नमूना मानिन्छ । अहिलेसम्म नेपालमा दूरसञ्चार कम्पनीले बैंकिङ सेवा थालेका छैनन् । टेलिकमका एक अधिकारीकाअनुसार अब टेकिलमको बेार्डमै यससम्बन्धी प्रस्ताव लैजाने तयारी छ ।

सलाई आवश्यक्ताअनुसार मोबइलबाटै भुक्तानी गर्न सकिन्छ । पानी, बिजुली, टेलिफोनको बिल तिर्नेदेखि टिकेटहरु काट्न, बिलहरु तिर्न, रकम ट्रान्सफर गर्न यो प्रविधि उपयोगी हुनेछ ।राष्ट्र बैंकले मोबाइल वालेटको पैसा नगदमा झिक्न सक्ने गरी त्यस्ता रिचार्ज तथा सर्भिस सेन्टरहरुलाई अधिकार दिएको छैन । बैंकबाटै पैसा झिक्नु पर्ने व्यवस्थाले भने यो सेवा सुरु गरिहाल्न सोच्नुपर्ने अवस्था आएको छ ।

विदेशमा दूरसञ्चार सेवा दिने कम्पनीका सर्भिस सेन्टरहरुलाई पैसा हाल्न र झिक्न सक्ने अधिकार दिइएको हुन्छ । जसले गर्दा बैंकको प्रयोग ब्यापक रुपमा बढिरहेको छ । तर, नेपालमा भने यसखालको व्यवस्था गरिएको छैन ।तर पनि समयको आवश्यक्ता भएकाले मोबाइल मनीसिहत युटिलिटी पेमेन्टमा जाने गरी टेकिलमले छलफल भने बाक्लो बनाएको छ । यो सेवा सुरु गर्न सकए आफ्नो सेवाको विश्वसनीयता अझै बढ्ने विश्वास टेकिलमलाई छ ।

यस्तै सेवाक कारण तान्जानिया र केन्यामा टेलिकमजस्तै दूरसञ्चार सेवा प्रदायकहरु बैंकभन्दा अघि छन् । सफारीकम लिमिटेडले स्वतन्त्र रुपमा मोबाइल वालेटमा आधारित वित्तीय सेवा ‘एम पेसा’ प्रदान गर्न थालेको थियो । तान्जानियामा यस्तै सेवामा भोडाफोनको बहुल्यता छ ।बैंक खाता विना नै उपलब्ध गराउन सकिने यो सुविधा प्रयोग उच्च दरमा हुन्छ । केन्यामा वर्षमा करिब २१ खर्ब र तान्तानियमा १७ खर्ब रकम मोबइलबाटै कारोबार ुहन्छ ।

२०७५ जेठ ३१ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: