Fri. Jul 4th, 2025

धादिङवेशी बजार बजार क्षेत्र सरसफाइ (भिडियो सहित)

असार १, धादिङ

धादिङवेशी बजारका नालीहरुमा फोहोर मैला बढ्ने क्रम बढदै गएपछि नीकलण्ठ नगरपालिकाको अगुवाइमा सरसफाइ थालिएको छ ।
धादिङ उद्योग बाणिज्य संघ प्राङगणबाट नहर सरसफाइ थालिएको हो । सरसफाइमा नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डे, प्रहरी प्रमुख डम्वर बहादुर विक, नगरपालिकाका कार्यकारी अधिकृत जगन्नाथ पन्त लगायत नगरपालिकाका कर्मचारीहरु आँफै सरसफाइमा जुटेका थिए ।

बर्खायाम चल्दै गर्दा फोहोरमैलाले रोग निम्त्याउन सक्ने सम्भावित असरलाइ कम गर्नको लागि बजार छेउछाउका नालीहरु सरसफाइ थालिएको नीलकण्ठ नगरपालिकाले जनाएको छ । नहर नाली सफाइ गर्ने कामलाइ अभियानको रुपमा जारी राखिने कार्यकारी अधिकृत पन्तले जानकारी दिए ।

नगरपालिकाले दिनहुँ फोहोर बोक्ने गाडी परिचालन गरेकाले सम्पुर्ण नगरबासीलाइ नालीमा फोहोर नफ्याक्न आग्रह गरेको छ । जथाभावी फोहोर फालेको भेटिएका कारवाही समेत गरिने बताएको छ ।


२०७५ असार १ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: