Fri. Jul 4th, 2025

नारायणगढ–मुग्लिन सडकखण्डमा मोटरसाइकल दुर्घटना, २ जनाको मृत्यु

३ असार, चितवन

नारायणगढ–मुग्लिन सडकखण्डको इच्छाकामना गाँउपालिका ६ मा पर्ने ३ नम्बर पुलमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

बा ६२ प ३७०४ नम्बरको मोटरसाइकल पुलमा ठोक्किएर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

दुर्घटनामा मोटरसाइकलमा सवार अन्दाजी २५/३० वर्षका दुईजना युवकको मृत्यु भएको छ । मृतक दुवैजनाको सनाखत हुन सकेको छैन् ।

मोटरसाइकल पुलबाट करिब २ सय मिटर तल खोलामा खसेको थियो ।तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । पछिल्लो समय नारायणगढ–मुग्लिन सडकमा कालोपत्रे सम्पन्न भएपछि सवारीको गति बढी हुँदा दुर्घटना बढेका छन् ।

२०७५ असार ३ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: