Fri. Jul 4th, 2025

प्रधानमन्त्री ओलीको चीन भ्रमणः समृद्धिको महत्वपूर्ण अवसर


४ असार, काठमाडौँ –

प्रधानमन्त्री केपी शर्मा ओलीको मंगलबारदेखि हुने औपचारिक चीन भ्रमण महत्वपूर्ण अवसर हुने भएको छ । चीनका प्रधानमन्त्री ली खछ्याङको मैत्रीपूर्ण निमन्त्रणामा हुन लागेको प्रधानमन्त्री ओलीको यसपटकको भ्रमणको पृष्ठभूमि अत्यन्त सबल भएकाले महत्वपूर्ण अवसरका रुपमा लिइएको हो ।

नेपालमा नयाँ संविधान लागू भई तीनै तहको निर्वाचनपश्चात् बनेको केपी ओली नेतृत्वको सरकारलाई दुई तिहाइ समर्थन छ भने अर्कोतर्फ चीनका राष्ट्रपति सि जिङ पिङको दोस्रो कार्यकालका लागि अपार सफलतासहित नेतृत्व संहाली रहेका छन् ।

यसैगरी प्रधानमन्त्री ओलीले विसं २०७२ चैत ७ गते गर्नुभएको एक साता लामो चीन भ्रमणका अवसरमा भएका ऐतिहासिक सम्झौता र त्यसपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विसं २०७३ चैतको दोस्रो साता गर्नुभएको भ्रमणका क्रममा भएका प्रतिबद्धताको पृष्ठभूमि अत्यन्त उर्वर छ ।

प्रधानमन्त्री ओलीको अघिल्लो पटकको भ्रमणमा हिल्सास्थित सीमा नाकामा चिनियाँ सहयोगमा पुल निर्माणसम्बन्धी सम्झौता, पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्बन्धी ऋण तथा सहुलियतपूर्ण ऋण लिनेसम्बन्धी तीनवटा सम्झौता भएका थिए ।

२०७५ असार ४ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: