Fri. Jul 4th, 2025

वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको निधन


४ असार, काठमाडौं –

 

वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको निधन भएको छ ।

पित्तथैलीको क्यान्सरबाट पीडित उनको बाँसबारीस्थित नेसनल इन्ष्टिच्युट अफ न्युरोलोजिकल तथा एलाइड साइन्स (न्युरो अस्पताल) मा सोमबार साँझ ५ बजेर ३५ मिनेटमा निधन भएको हो ।

पित्तथैलीको क्यान्सरको बेलायतमा उपचार गराएका डा. देवकोटा स्वदेशमा नै देहत्याग गर्ने इच्छा बमोजिम फर्किएका थिए । स्वदेश फर्किएदेखि उनी आफैले स्थापना गरेको उक्त अस्पतालमा उपचाररत थिए ।

गत हप्ता डा। देवकोटाकै चाहना अनुसार उनलाई गृह जिल्ला गोरखा लगिएको थियो ।

२०७५ असार ४ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: