Sat. Jul 27th, 2024

सिरियामा अलपत्र आमाको उद्धार गरिदिन छोरीको आग्रह

मनिष दुवाडी

aama
धादिङ – पैसा कमाएर बालवच्चा पाल्छु भनेर विदेश जानको लागि घरवाट हिडेकी छोरी नेपालवाट काम गर्नको लागि जाने अनृुमती नै नभएको देश सिरियामा पुगेको खवर आएपछि घरमा रुवावासी चलेको छ ।

धादिङको मैदी गाउँ विकास समिति वडा नं १ उखुवारी कि सुनिता मगर काम गर्नको लागि विदेश जाने भन्दै पासपोर्ट बनाएर तालिमका लागि पोखरा गएकी थिइन । सुनिताको श्रीमानले कान्छी श्रीमती ल्याएर उनलाइ घरवाट निकालिदिएपछि उनी लामो समयदेखि नीलकण्ठ ८ को मगरगाउँमा रहेको माइतीमा बस्दै आएकी थिइन । सुनिताकी आमा सावित्रि मगरले रुदै भनिन, ‘हामीले विदेश नजाउ छोरी यही माइतमै दुःख, सुख गरेर बसौला भनेका त थियौ तर यी छोराछोरीको भविष्यको लागि भएपनि विदेश जान्छु र पैसा कमाएर उनीहरुलाइ पाल्छु भनेर घरवाट गएकी थिइ । एकैचोटी गत मंसिरमा मात्र सिरिया पुगेको खवर आयो ।’

पासपोर्ट बनाएर तालिम लिनको लागि पोखरा गएकी छोरी एकाएक द्वन्दग्रस्त मुलुक सिरियामा रहेको खवर आएपछि परिवारमा चिन्तामा परेको हो । उनी कहिले र को मार्फत सिरिया पुगिन भन्ने वारे परिवारलाइ समेत जानकारी छैन न त उनले घरमा कुनै काजगपत्र नै छोडेर गएकी छिन । ‘गएको मंसिरमा एकपटक छोरीले फोन गरेकी थिइ । त्यतिवेला फोन गर्दा त सवै ठिकै छ भनेकी थिइन तर अहिले त समस्यामा परेकी छ । जतिसक्दो चाँडो नेपाल नफर्काए ज्यानजान समेत जाने अवस्था छ ।’ आँखाभरि आँसु बनाउदै सावित्रिले भनिन, ‘सात तला माथिको घरमा काम गर्छु । पासपोर्ट पनि साहुले आफैसंग राखेको छ । घर बाहिर दिनहँु बम पड्किरहन्छ । विदेशी नागरिक देख्ने वित्तिकै आन्दोलनकारीहरु गोली हानिदिने गरेकाले घर बाहिर निक्लने अवस्था नै छैन भनेर फोन छोरीले फोन गरेकी छ । अव कसरी फिर्ता वोलाउने होला ।’

काम गर्नको लागि १ वर्षअघि नै विदेश जान्छु भनेर हिडेदेखि नै बच्चाहरु सधै ममी खोइ भनेर झगडा गर्ने गरेकाले आफु निकै समस्यामा परेको सावित्रिले बताइन । ‘नाति त ठुलो भइसक्यो उसले त कुरा बुझ्छ तर सधै ममी खोइ भनेर कराउने नातिनीलाइ म के भनेर फकाउ ।’ सावित्रिले रुदै भनिन । सुनिताको ९ वर्षको छोरो र ७ वर्षकी छोरी छन ।

छोरीको सकुशल उद्धारको लागि सावित्रिले सुरक्षित आप्रवासन परियोजना अन्तरगत सुचना तथा परामर्श केन्द्रमा निवदन दिएकी छिन । उनलाइ सकुशल उद्धार गर्नेवारे पहल भइरहेको सुरक्षित आप्रवासन परियोजनाकी संयोजक गंगा सुवेदीले बताइन ।

‘अनुमती नै नभएको द्वन्दग्रस्त देशमा सुनिता कसरी पुगिन भन्ने वारे खोजविन भइरहेको र उनलाइ त्यहाँ पठाउने दलाल पोखराको भएको प्रारम्भिक जानकारी आएकाले हामीले खोजविन गरिरहेका छौ । सुवेदीले भनिन, ‘सुनिताको समस्यालाइ हामीले प्रवासी नेपाली समन्वय समितिमा पनि जानकारी गराएका छौ, उनको उद्धारको लागि त्यहावाट पनि आवश्यक पहल हुन्छ । आवश्यक सर–सहयोगको लागि हामीले परराष्ट्र मन्त्रालयमा पनि यो समस्यावारे जानकारी गराउने छौँ ।’

About The Author

Loading...

अन्य समाचारहरु: