Fri. Jul 4th, 2025

रोनाल्डोको गोलमा पोर्चुगल विजयी


६ असार, धादिङ –

क्रिष्टियानो रोनाल्डोको गोलको सहयोगमा विश्वकपको समूह बी अन्तर्गतको खेलमा पोर्चुगलले मोरक्कोलाई १¬–० गोलले पराजित गरेको छ ।

पोर्चुगलसँग पराजित भएसँगै मोरक्को विश्वकपको समूह चरणबाटै बाहिरिएको छ । पहिलो खेलमा स्पेनविरुद्ध हृयाट्रिक गरेका स्टार खेलाडी क्रिष्टियोनो रोनाल्डो नै मोरक्कोविरुद्ध पनि गोल गरे ।

उनले खेलको चौथो मिनेटमा नै गोल गरेका हुन् । अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक गोल गर्ने खेलाडीको सूचिमा पनि रोनाल्डो दोस्रो नम्बरमा पुगे । उनले पोर्चुगलका लागि ८५ गोल गरेका छन् ।

२०७५ असार ६ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: