Sat. Jul 5th, 2025

धादिङको बैरेनीमा ट्रक र माइक्रोबस ठोक्किदाँ सात जना घाईते


७ असार, धादिङ –

पृथ्वी राजमार्ग अन्र्तगत धादिङको गल्छी गाउँपालिका वडा नं ६, बैरेनीमा बिहिबार बिहान ट्रक र माइक्रोबस एक आपसमा ठोक्किदाँ ७ जना घाईते भएका छन् ।

गजुरीबाट काठमाडौँतर्फ जाँदै गरेको ना ५ ख ७३८६ नम्बरको सिमेन्ट बोकेको ट्रक र काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको ग १ ख २९६६ नम्बरको माइक्रोबस एक आपसमा ठोक्किएको थियो ।

दुर्घटनामा माइक्रोबसका चालकसहित सातजना घाईते भएका छन् । घाईते हुनेमा स्याङजा घर भएका रामेन्द्र विश्वकर्मा, पूर्णकुमारी गुरुङ, काठमाडौँ घर भएका आशा गुरुङ, आरपी गुरुङ, विवेक पौडेल, कास्कीका अन्जु चौधरी र लमजुङका सुमन गुरुङ रहेको इलाका प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ ।

घाईतेहरुको स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपछि काठमाडौँ पठाइएको छ । दुर्घटनाको कारण नखुलेको प्रहरीले जानकारी दिएको छ ।

२०७५ असार ७ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: