Sat. Jul 5th, 2025

अर्जेन्टिनाको लज्जास्पद हार, क्रोएसियासँग ३-० ले पराजित

८ असार,  धादिङ–

विश्वकप फुटबल प्रतियोगिता अन्तरगत बिहीबार राति भएको खेलमा अर्जेन्टिना क्रोएसियासँग ३–० को फराकिलो अन्तरले पराजित भएको छ ।

पराजित भएसँगै दुई पटकको विश्वविजेता अर्जेन्टिनाको नकआउट चरण प्रवेश पनि कठीन बनेको छ । जितपछि क्रोएसिया भने नकआउट चरणमा प्रवेश गरेको छ । सन् १९५८ यता पहिलो पटक अर्जेन्टिनाले विश्वकपको समूह चरणमा यति फराकिलो हार ब्यहोरेको हो ।

अर्जेन्टिनालाई फराकिलो अन्तरले हराउन क्रोएसियाका लागि एन्टे रेबिकले ५३, लुका मोडरिकले ८० औं र इभान र्‍याकिटिकले ९१ औं मिनेटमा गोल गरे ।

समूह डीबाट दोस्रो चरणमा जाने अर्को टिममा अर्जेन्टिना, आइसल्याण्ड र नाइजेरियामध्ये एक हुनेछ । अर्जेन्टिनाले २ खेलबाट १ अंक जोडेको छ भने १/१ खेल खेलेका आइसल्याण्डको १ र नाइजेरियाको शून्य अंक छ । अर्जेन्टिना दोस्रो चरणमा प्रवेक गर्नका लागि नाइजेरियामाथि जित निकाल्नुका साथै क्रोएसिया र आइसल्याण्डबीचको खेलको नतिजामा पनि भर पर्नुपर्ने हुन्छ ।

२०७५ असार ८ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: