Sat. Jul 5th, 2025

१९ बुँदे घोषणापत्र जारी गर्दै सकियो कांग्रेस जिल्ला सभापतिहरुको भेला


८ असार, हेटौंडा –

१९ बुँदे हेटौंडा घोषणापत्र जारी गर्दै कांग्रेस जिल्ला सभापतिहरुको भेला सकिएको छ । तीन दिनसम्म चलेको भेलाले सरकार सर्वसत्तावाद उन्मुख भएको निष्कर्ष निकालेको छ । साथै सरकारले जनविरोधी चरित्र देखाएको भन्दै त्यसविरुद्ध कडा कदम चाल्ने चेतावनी दिएको छ

कम्युनिस्ट सरकारले सञ्चार माध्यममा निषेध र नियन्त्रणकारी हस्तक्षेप, न्यायपालिकालाई प्रभावित पार्ने अभिव्यक्ति, कर्मचारी र शैक्षिक क्षेत्रमाथि अन्यायपूर्ण आतंक, एनजीओमाथि नियन्त्रणकारी रबैया अपनाएको भन्दै घोषणापत्रमा भनिएको छ, वर्तमान सरकार सर्वसत्तावाद उन्मुख रहेको प्रष्ट छ ।’

जिल्ला सभापतिहरुको भेलाले लोकतान्त्रिक गणतन्त्र, संघीयता, स्वतन्त्र न्यायपालिका, लोकतान्त्रिक मूल्यमान्यताको रक्षाका लागि दृढतापूर्वक उभिने निर्णय गरेको छ ।

२०७५ असार ८ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: