Sat. Jul 5th, 2025

नेकपा नेता गंगालाल तुलाधरलाई मातृ शोक

८ असार,  धादिङ–

नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा पूर्व शिक्षा मन्त्रीगंगालाल तुलाधर र शिक्षक संगठनकी नेत्री कमला तुलाधरलाई मातृ शोक परेको छ ।

तुलाधरको आमा धनलक्ष्मी तुलाधरलाई विहिबार हस्पिटलले उपचारमा कठिनाई रहेको भन्दै डिस्चार्ज गरे सँगै ९० वर्षको उमेरमा शुक्रबार बिहान उहाँको निधन भएको थियो ।

सुगर, अल्जाइमर, ब्रेन सम्बन्धी रोगले थला पर्नुभएकी धनलक्ष्मी तुलाधरलाई विगत ६ महिना अघि देखि अस्पताल मै राखिएको थियो ।

२०७५ असार ८ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: