Sat. Jul 5th, 2025

एसईईको नतिजा सार्वजनिक : नतिजा यसरी हेर्नुहोस्

९ असार, भक्तपुर –

माध्यमिक शिक्षा परीक्षा (एसर्इर्इ) को नतिजा सार्वजनिक भएको छ । शनिबार परीक्षा बोर्डको बैठक बसेपछि पत्रकार सम्मेलन गरेर नतिजा सार्वजनिक भएको हो ।

शनिबार दिउँसो ४ बजे परीक्षाफल सार्वजनिक हुने भनिए पनि प्राविधिक कारणले परीक्षाफल ढिलो सार्वजनिक भएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमिले जनाएको छ ।

परीक्षामा नियमिततर्फ चार लाख ५१ हजार ५३२ परीक्षार्थी सहभागी भएका थिए । उनीहरू मध्ये ‘ए’ प्लस ग्रेड ९स्तरीकृत अंक० प्राप्त गर्ने १४ हजार २३४, ‘ए’ प्राप्त गर्ने ४६ हजार १३०, ‘बी’ प्लस प्राप्त गर्ने ५९ हजार ३७, ‘बी’ प्राप्त गर्ने ७० हजार ५१२ छन् । यस्तै ‘सी’ प्लस प्राप्त गर्ने ६१ हजार ८७०, ‘सी’ ल्याउने एकलाख एक हजार ४३, ‘डी प्लस’ ल्याउने ३५ हजार ५८४ र ‘डी’ ल्याउने ५८ हजार ६८८ रहेका छन् ।

एक्जाम्टेडतर्फ १६ हजार ५७२ परीक्षार्थी सहभागी थिए । उनीहरु मध्ये ए प्ले ग्रेडमा कोही पनि छैनन् भने ए मा २ जना र बी प्लसमा २१ परीक्षार्थी उत्तिर्ण भएका छन् ।

एसर्इर्इको नतिजा आइभीआर, एसएमएस र विभिन्न वेबसाइटमा हेर्न सकिन्छ। आइभीआरतर्फ नेपाल टेलिकमबाट १६०० मा फोन गरी नतिजा सुन्न सकिन्छ। एसएमएसबाट पनि नतिजा थाहा पाउन सकिन्छ।

एसर्इर्इको नतिजा शिक्षा मन्त्रालयको वेबसाइट moe.gov.np मा, शिक्षा विभाग सानोठिमी भक्तपुरको doe.gov.np मा, परीक्षा नियन्‍त्रक कार्यालय सानोठिमी भक्तपुरको neb.gov.np मा हेर्न सकिन्छ।

नेपाल टेलिकमको वेबसाइट see.ntc.net.np मा पनि नतिजा हेर्न सकिन्छ।

२०७५ असार ९ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: