Sat. Jul 5th, 2025

धादिङबेसीमा मानव अधिकार वर्ष पुस्तकको समीक्षा


१० असार, धादिङ –

नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ को अर्ध वार्षिक पूर्व समीक्षा गरिएको छ । इन्सेकले धादिङबेसीमा कार्यक्रमको आयोजना गरी जिल्लामा भएका विभिन्न मानवअधिकारका घटनाका विषयमा छलफल गरिएको छ ।

कार्यक्रममा राज्यले दिएको सेवा सुविधा अपांगता भएका व्यक्तिले लिन नपाएका गुनासो गरेका छन् । सार्वजनिक सवारीसाधन, सरकारी कार्यलयहरुमा अपांगता भएका व्यक्तिहरुलाई दिने सेवासुविधा नपाएको बताएका थिए । त्यस्तै बालविवाह, बहुविवाह र महिला हिंसाका घटनाहरु बढेको सरोकारबालाहरुले बताएका छन् । चेपाङ समुदायको खाद्य अधिकार, भूकम्पपछिको अवस्थाका विषयमा सहभागीहरुले बताएका थिए ।

कार्यक्रममा इन्सेक धादिङका प्रतिनिधि सीताराम अधिकारीले जिल्लाको मानव अधिकार हननका विभिन्न घटनाका बारेमा जानकारी दिएको थिए । जिल्लामा सबैभन्दा बढी बलात्कार र घरेलु हिंसाका घटनाहरु बढी हुने गरेको कार्यक्रममा सहभागीहरुले बताएका छन् । खास गरी बालबालिका तथा अपांगता भएकाहरु बढी बलात्कारको सिकार हुनु परेको कार्यक्रमा जानकारी गराइएको छ ।

जिल्लामा गत ६ महिनाको अबधिमा १२ वटा बलात्कारका घटना, ३ वटा बलात्कारका प्रयास, २ वटा बोक्सीको आरोप, १ वटा बहुविवाह, ४ वटा घरेलु हिंसा, २ वटा जातीय छुवाछुतका घटनाहरु भएको अधिकारीले जानकारी दिए ।

कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख बिन्दा बरामु नेपालीले हरेक स्थानीय तहले न्यायिक समिति गठन गरि कार्य गरिरहेका बताइन् । जिल्लामा भइरहेका मावनअधिकारका घटनाहरु आफूबाट नै कम हुने भन्दै उनले सबैले हातमा हात काँधमा काँध राखेर काम गर्न आग्रह गरिन् ।

त्यस्तै धादिङका प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेले जिल्लाको मानवअधिकार तथा हिंसाका घटनामा सबैले चिन्ता व्यक्त गर्नुपर्ने बताए । समाजमा घटेका यस्ता घटनाहरुको न्यूनिकरणका लागि राज्य मात्र लागेर हुँदैन हरेक पक्ष जिम्मबार हुनुपर्ने पाण्डेले बताए ।

२०७५ असार १० गते प्रकाशित

About The Author

अन्य समाचारहरु: