Sat. Jul 5th, 2025

फल्सबटम बनाएर चरेश र अफिम तस्करी !

१० असार, काठमाडौं

भारतीय ट्रकको प्रयोग गरेर नेपालबाट चरेश र अफिम तस्करी हुने गरेको खुलेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरोले ट्रकमा फल्सबटम बनाएर चरेश र अफिम तस्करी गर्दागर्दै शनिबार एक जनालाई नियन्त्रणमा लिएसँगै लागूऔषध तस्करीको यो शैली सार्वजनिक भएको हो ।

ब्यूरोका प्रमुख डिआईजी ठूले राईका अनुसार एनसीबीको टोलीले काठमाडौं–१४, कलंकीबाट २ सय १३ किलो चरेश र दुई किलो २ सय ५० ग्राम अफिससहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

उनको अनुसार पक्राउ पर्नेमा भारतको मोतिहारी, मोखिलिशपुर सेमरा–९, ग्राम झकिया टोल पूर्वी चम्पारण बिहारका २५ वर्षीय मेराज आलम छन् ।

उनी फल्सबटम बनाएर तस्करीमा प्रयोग गरिएको डब्लूबी २३ बी ५८८५ नम्बरको ट्रकको ड्राइभर हुन् । प्रहरीका अनुसार उनले नेपालमा उत्पादित चरेश र अफिम भारतको दिल्लीसम्म लग्ने तयारी रहेको बयान दिएका छन् ।

२०७५ असार १० गते प्रकाशित

About The Author

अन्य समाचारहरु: