Sat. Jul 27th, 2024

सेयर सदस्यलाई बाख्रा पैचो

sexy-goat-500x399
२० चैत,  धादिङ – धादिङको महावेदस्थान गाउँ विकास समितिमा रहेको दियालो साना किसान कृषि सहकारी संस्थाले सेयर सदस्यहरुमा बाख्रा पैचो कार्यक्रम सुरु गरेको छ ।

न्यून आय भएका सेयर सदस्यहरुको आर्थिक अवस्था सुधारमा सहयोग पु¥याउने उद्देश्यले चेपाङ समुदायमा बाख्रा पैचो कार्यक्रम सुरु गरिएको हो । महादेवस्थानको वडा नम्बर १ मासखर्कका ५ जना र वडा नम्बर ३ तार्लाकका ५ जना सेयर सदस्यहरुलाई बाख्रा किन्नको लागि प्रतिव्यक्ति पाँच हजार उपलब्ध गराएको गरेको छ । सामाजिक सामुदायिक कार्यक्रम अन्तर्गत साना किसान बैकको सहयोगमा २५ सय अनुदान र २५ सय सहुलियत ऋण उपलब्ध गराइएको सहकारीका अध्यक्ष मेनुका लोहनीले बताउनुभयो । लोहनीका अनुसार अनुदान र सहुलियतमा ऋण लिएर किनेको बाख्राबाट उत्पादन भएको पाठापाठी मध्इे एउटा छिमेकी सेयर सदस्यलाई दिनुपर्ने छ ।

पहिलो पटक मासखर्क र तार्लाकमा सुरु भएको बाख्रा पैचो कार्यक्रम अन्य स्थानमा पनि विस्तार गरिने सहकारीका प्रबन्धक अम्बिका खड्काले जानकारी दिनुभयो । सहकारी दिवसकै अवसरमा सहकारीले गरिब तथा विपन्न चेपाङ समुदायमा लत्ता कपडा वितरण गरेको छ । सहकारी मार्फत सिलाईकटाई तालिम संचालन गर्दा तयार भएको कपडा चेपाङ समुदायका परिवारलाई वितरण गरिएको महावेदस्थानबाट सहकर्मी तुलसीजंग थापाले जानकारी दिनुभयो ।

About The Author

Loading...

अन्य समाचारहरु: