Sat. Jul 5th, 2025

पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग सूचारु

फाइल फोटो

११ असार, धादिङ –

अविरुल वर्षासँगै गएको पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग सूचारु भएको छ ।

फाइल फोटो

सोमबार बिहानदेखि गएको पहिरोले जिल्लाको बेनिघाट रोराङ गाउँपालिका वडा नं १० जोगिमाराको तिक्रङ्ग खानी भन्ने ठाँउमा सडक भन्दा माथि बाट बगेर आएको पहिरोका कारण राजमार्ग अवरुद्ध भएको थियो ।

राजमार्ग अबरुद्ध भएपछि पूर्वपश्चिम चल्ने सवारी सडकमा नै रोकिएको थियो ।

नेपाल प्रहरी शसस्त्र प्रहरी र सडक विभागको डोजरले लोदो र पहिरो पन्छाउने काम गरिरहेको थियो । ५ वटा मेसिनको सहायताले पहिरो पन्छाइएको धादिङका प्रहरी नायव उपरीक्षक रामबहादुर केसीले जानकारी दिए ।

लोदो माटोले एउटा दुध बोक्ने ट्याङ्ककरलाई समेत पुरेको थियो ।

२०७५ असार ११ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: