Sat. Jul 5th, 2025

धादिङमा इमोबाट फोन गरि ठगी गर्ने २ प्रक्राउ

११ असार, धादिङ –

मोवाइल एप्लिकेशन इमोबाट फोन गरि चिठ्ठा परेको बहानामा ठगी गर्ने २ जनालाइ जिल्ला प्रहरी कार्यलय धादिङले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा रुपन्देही जिल्ला लुम्विनी नगरपालिका वडा नं १ बस्ने ३५ वर्षिय सुरेश कुमार प्रसाद गौड र वडा नं ४ बस्ने वर्ष २८ को फतह मोहम्मद मुसलमान रहेको जिल्ला प्रहरी कार्यलय धादिङले जानकारी दिएको छ ।

पक्राउ परेका २ जनाको नाममा नीलकण्ठ नगरपालिका वडा नं ४ विमिरेका राम बहादुर परियारले नगद ४ लाख ५० हजार रुपैया आइ एम इ गरि पठाएका थिए । आफुले कतारमा रहदा चिठ्ठा किनेको र सोही चिठ्ठा परेको विश्वासमा परेर पैसा पठाएको राम बहादुर नेपालीले बताएका छन । राम बहादुरले गत जेठ ३० गतेदेखी असार ३ गतेसम्म गरि ४ लाख ५० हजार पठाएको र थप एक लाख मागेपछि प्रहरीको शरणमा गएका थिए ।

राम बहादुरले पैसा पठाएका अन्य तीन जना आरोपीहरु भने अझै फरार रहेकाले उनीहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । ठगहरुले चिठ्ठा परेको विस्वास दिलाउनको लागि गाडी लिन भारत आउनको लागि आवश्यक पर्ने कागजपत्रहरु समेत किर्ते गरि राम बहादुरलाइ पठाएका थिए ।

२०७५ असार ११ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: