Sat. Jul 27th, 2024

किन खुवाए डा.केशीलाई सुवादले जुस

शंकर श्रेष्ठ, धादिङ – विहीवार अपरान्ह ४ बजे । समग्र स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै १२ दिनदेखि अनशनरत डा गोविन्द केसीले अनशन तोडने भए । डा. केसीले नै उपचार गराइराखेका धादिङ फुलखर्कका सुवाद अधिकारीको हातवाट जुस खाएर अनशन तोड्ने मनसाय राखे । तत्काल शिक्षण अस्पतालका कर्मचारीले सुवादलाइ डा केसीको अनशनस्थलमा ल्याए । १० वर्षिय वालक सुवाद र शिक्षण अस्पतालको गेटमा जुत्ता सिलाउने सत्यनारायण रामको हातवाट जुस पिएर उनले अनशन तोडे ।

5 4

यी हुन् सुवाद
धादिङको फुलखर्क गाउँ विकास समिति वडा नं १ का १० वर्षिय सुवाद अधिकारी विगत ६ महिना अघिदेखि शिक्षण अस्पतालमा उपचार गराइरहेका खुट्टाका विरामी हुन । स्कुलमा गृहकार्य नगरेको भन्दै शिक्षकको कुटाइवाट घाइते भएका सुवाद शिक्षण अस्पतालमा उपचाररत छन् । गृहकार्य नगरेको निहुँमा दाहिने खुट्टामा लौरोले हानेपछि त्यहा सुन्निएर रगत र पीप जमेपछि उनको अप्रेशन गर्नुपरेको थियो । खुट्टाको उपचारको लागि शिक्षण अस्पताल पुगेका अधिकारीको गत कात्तिकमा डा केसीकै नेतृत्वमा अप्रेशन भएको थियो ।

2
उपचार गराउन शिक्षण अस्पताल पुगेका सुवादलाइ उनै डा गोविन्द केसीले उपचार गरिरहेका थिए । आर्थिक अवस्था कमजोर भएका सुवाद अधिकारीलाइ डा. गोविन्द केसीले नै ७५ प्रतिशत सहुलियतमा उपचार गराउने व्यवस्था मिलाइदिएका छन ।
बेलाबेला आफैलाइ चेकजाँच गर्ने डाक्टरलाइ जुस खुवाउन पुगेका वालक सुवाद अधिकारीले टेलिफोन सम्पर्कमा भने, उहाँ ट्रलीमा सुतीरहनुभएको थियो । विरामी हुनुहुदो रहेछ । मैले गएर जुस खुवाए ।’

सुवाद जस्तै आर्थिक अवस्था कमजोर भएका नेपालीहरुले सहज र सरल तरिकाले उपचार पाउनुपर्छ भन्ने माग गर्दै डा. केसी अनशनमा बसेको भन्ने वारे १० वर्षिय अवोध वालक सुवाद अधिकारीलाई अनशनवारे थाहा हुने कुरै भएन, उनले सहज उत्तर दिए ।
वालक सुवादले फोन सम्पर्कमा भने, उहाँ विरामी हुनुहुन्थ्यो रे । अरु डाक्टरहरु आएर जुस खुवाउन जाउँ भन्नुभयो गएर जुस खुवाइदिए ।’
जुस खुवाएपछि डा. केसीले भनेको सम्झिदै सुवादले भने, अस्तिनै मलाइ औषधि दिनुहुन्थ्यो । आज मैले जुस खुवाइदिए । जुस खाएपछि उहाँले मलाइ नआत्तिनु तिमिलाइ चाँडै नै निको हुन्छ भन्नु भएको छ ।’ सुवाद फुलखर्क गाविस वडा नम्बर १ सितला प्राथमिक विद्यालयको कक्षा ३ मा अध्ययनरत थिए ।

सुवादकी आमा गायत्रि अधिकारीले भनिन, सुरुमा २२ दिन अस्पतालमै राखियो । त्यसपछि २ हप्ता पछि देखाउन ल्याउदा हड्डी मक्किएको भनेपछि डाक्टर केसीले नै छोराको उपचार गरिरहेका छन् । अप्रेशन गरेर ४ महिना प्लाष्टर गरेको थियौ फेरी अप्रशन गर्नुपर्ने भएपछि धेरै खर्च लाग्ने भयो । हाम्रो अवस्था देखेर डा केसी ले नै सुवादको उपचारको लागि ७५ प्रतिशत सहुलियत मिल्ने बनाइदिएका हुन ।
७५ प्रतिशत सम्म सहुलियत पाएपनि अहिलेसम्म सुवादको उपचारका लागि साढे २ लाख खर्च भइसकेको गायत्रीले बताइन् । गायत्रीले भनिन, केसी सरले पैसा नहुने हामीजस्तो गरिबको दुःखमा सजिलै मलम लगाउनु हुदो रहेछ । उहाँ नभेटिएको भए सायद मेरो छोराको उपचार गर्न गारो हुन्थो होला । डाक्टर हुनु त केसी जस्तो ।’ फोटो सौजन्र्य ओएन एस अनलाइनबाट

About The Author

Loading...

अन्य समाचारहरु: