Sat. Jul 5th, 2025

नारायणगढ मुग्लिन सडक ११ घण्टापछि खुल्यो

१२ असार, चितवन

विहान साढे ५ बजेदेखि बन्द भएको नारायणगढ मुग्लिन सडकखण्ड झण्डै ११ घण्टापछि सञ्चालनमा आएको छ ।

सडकमाथिबाट खसेको पहिरो हटाएपछि बेलुका ४ बजेदेखि खुलेको नारायणगढ मुग्लिन सडक आयोजनाका सूचना अधिकारी शिव खनालले जानकारी दिए ।

अहले सडक दुईतर्फी नै खुलेको छ । पहिरोले सडक अवरुद्ध हुँदा सोमबार रातिदेखि सवारी साधन जाममा परेका थिए । सडकमा दुवै तर्फ सवारीको अधिक चाप भएको कारणले सहज सञ्चालनका लागि अझैं केही घण्टा लाग्ने ट्राफिक प्रहरीले जनाएको छ ।

सयौं सवारी साधान र हजारौं यात्रुहरु बीच बाटोमा नै अलपत्र परेका थिए ।

२०७५ असार १२ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: